दाङ ।
आधुनिक सुचना प्रविधिमा बढ्ता प्रचलनमा आएको सामाजिक सञ्जाल फेसबुकको सदुपयोगले जति धेरै फाइदा पुर्याएको छ यसको दुरुपयोग हुँदा त्यत्तिकै मानिसलाई समस्यामा पारेको छ । फेसबुकको सही तरिकारले सदुपयोग नगर्दा दाङमा एउटा यस्तै घटना घटेको छ ।
जरायोको सुकुटी खान फेसबुक मार्फत निम्ता दिएपछि एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालय देउखुरीले पक्राउ गरेको हो ।
पुनले बिहीबार फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौँ, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए ।
फेसवुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजन वन प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानुनी कारबाहीको प्रकृया अघि बढाइएको उहाले बताउनुभयो । पक्राउ परेपछि पुनले फेसबुक स्टाटस डिलिट गरेका छन् ।
प्रतिक्रिया