९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोनाबिरुद्धका घरेलु औषधी, जीवनी शक्ति र आत्मबल



शंकर भण्डारी ।
अहिले कोरोना (कोविड–१९) बिश्व विश्वयापी महामारी चलिरहेको अवस्थामा यसको खोप नबनिसकेको कारण हाम्रो जीवनी शक्ति र आत्मबल नै अहिलेको समयमा कोरोनासंग लड्ने सर्बोत्तम औषधिको रुपमा रहेको छ । यो रोगबाट बच्नको लागि साबुन पानीले हात धुने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने प्रमुख उपायको रुपमा लिदा लिदै र विश्वले यी कुराहरुलाई अपनाउँदा अपनाउँदै पनि यो भाइरसले ठुलो महामारीको रुप धारण गरेर लाखौं सङ्क्रमित भैरहेको र मरिरहेका छन र यो क्रम जारी नै छ ।

आत्मबल, भोजन, योग तथा ब्यायाम, ध्यान र साधनाले हाम्रो जीवनी शक्ति अर्थात् रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धि गर्छ । हामीले जस्तो खाना खायाँै त्यस्तै अनुरुप हाम्रो ब्याबहार, मन र बुद्धिको बिकास हुन्छ । हामीले खान खाना हामीलाई फुर्ती दिने किसिमको हुनुपर्छन् । कि आलश्य दिने स्वाद भन्दा पनि स्वास्थ्य राम्रो गर्ने खाना खानाले जीवनी शक्ति बढाउँछ । अहिले हामी बाहिर फास्टफुडमा रमाउने र होटेल कान्युन गुणस्तरीय खानामा रुची बढाउँनाले हाम्रो स्वास्थ्यमा प्रतिकुल प्रभाब पारिरहेको थाहा पाउँदा पाउँदै पनि स्वाद, अल्छिपन, सोख र देखावटिपनले पनि यस्ता स्वास्थ्यप्रति कुल भोजनबाट बन्चित हुन सकेका छैनौ । जसको फलस्वरुप हाम्रो जीवनी शक्ति कमजोर हुँदै गैरहेको छ र यस्ता महामारीले हामीलाई चाँडै च्याप्दै रहेको उदाहरणको रुपमा कोरोना आएको छ ।

भान्छा नै खास गरी हाम्रो स्वास्थ्यको केन्द्र बिन्दु हो । हाम्रो स्वास्थ्य, मन, बुद्धि र शरीरको शुद्धता साथै बृद्धि र विकास पनि भान्छ मा नै भर पर्छ । पहिले भान्छमा सही पाक कला, बिषादिमुक्त अन्न सागसब्जीहरु र मसलाहरुजस्तै मेथि, ज्वानो, लसुन, प्याज, धनिँया, बेसार, टिमुर, अदुवा, सुकमेल, मुङ्गृलो आदि औषधी जन्य मरसलाहरु सकेसम्म धेरै प्रयोग गरिन्थ्यो तर केहि दशक यता यी मसलाहरु न्युन मात्रामा प्रयोग गरेका पाइन्छ । यदि फेरि यस्ता औषधीजन्य मसलाहरुलाई हाम्रो भान्छामा बढाउन हो भने यसले हाम्रो खानालाई स्वादिलोको साथै औषधीको रुपमा पनि कार्य गरी हाम्रो स्वास्थ्य राम्रो बनाउँछ । साथै पकाउने समय र खाने समय र सुत्ने समयले पनि हाम्रो स्वास्थ्यमा महत्व राख्दछ । खाना पकाइ सकेपछि कम समयको अवधिभित्र खानु पर्छ र खाना खएपछि कम्तिमा पनि दुई तीन घन्टा पछि मात्र सुत्ने गर्नुपर्छ । यसल हाम्रो जीवनी शक्तिलाई बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्छ । जसरी एउटा योद्धालाई लडाईमा जादा उ संग भएका हात हतियारले उसको विजय गर्ने ठुलो आत्मबल दिन्छ । त्यसैगरी आजको रोनाको महामारीसंग लड्न मुख्य हतियार नै जीवनी शक्ति हो । जीवन शक्ति बढाउन हामीले हाम्रो भोजन, ब्यायाम र तनाबको ब्यवस्थापनलाई हाम्रो जीवनशैलीमा उतार्नै पर्ने बाध्यता आज कोरोनाले अगाडी खडा गरिदिएको छ । यदि यी तीन वटा कुरा को सही ब्यवस्थापन गर्ने हो भने सधैका लागि अरु रोगहरु र महामारीसंग लड्न सक्ने क्षमतामा बृद्धि हुन जान्छ । यसरी हेर्दा यो एउटा हाम्रो लागि जीवनशैली परिवर्तन गर्ने अवसरको रुपमा पनि देखिएको छ । साथै अहिले कोरोनामुक्त भएका मानिसहरुको भनाई अनुसार र उनीहरुको त्यो अवधिमा भोगेका अनुभवहरुलाई पनि बुझ्दा कोरोना लागेपछि आफ्नो आत्मबल र जीवनीशक्ति नै यो रोगसंग लड्ने प्रमुख हतियार हो भन्ने बुझिन्छ ।

सुक्ष्म ब्यायम, योग, प्राण यामले सम्पुर्ण शरीरलाई जागृत गराउँछ र यसका साथै खानाबाट पाइने पोषण तत्वहरुलाई समेत हाम्रो पञ्चकोष र अन्नमयकोष, प्राणायम कोष, विज्ञान म कोष र आनन्दमय कोषहरुमा समेत पुग्ने, पुर्ननिर्माण गर्ने, नया कोषहरुका निर्माण गर्ने, प्राणशक्तिलाई पनि बिस्तार गर्ने गर्छ । जसको कारण जीवनी शक्ति बलियो बनाउन ठुलो टेवा पुर्याउँछ ।

केही दशक यता मानव समुदायले आफ्नो स्वास्थ्यलाई अहिलेको प्रकृति प्रतिकुल विज्ञान र प्रविधिको बिकासको सहयोगले किन्न सक्छ भन्ने ठुलो भ्रमबाट कोरोना महामारीले केही हदसम्म मुक्त गराउन सफल भएको देखिन्छ । प्रकृति नै हाम्रो सुन्दर घर हो भन्ने बिर्सियौ र यसलाई सन्तुलन गर्न सकेनौ । चाहे त्यो हाम्रो शरीर विज्ञानको प्रकृति होस् अथवा बाहिरी भौतिक प्रकृति यी दुबैलाई हाम्रो हातबाट फुत्काउदै गयांै । हाम्रो शरीर विज्ञानको प्रकृति प्रतिकुल बनाएर हामीले आफ्नै जीवनी शक्तीलाई कमजोर बनाउदै गयौ । जसको फलस्वरुप हामी हाम्रो रोग सङ्ग लड्ने क्षमता र तनाव युक्त जीवन बढाउँदै गयौ । यसका साथै बाहिरी भौतिक प्रकृति प्रतिको प्रतिकुल कृयाकलापले बिभिन्न प्राकृतिक दुर्घटनाहरु, महामारीहरु निम्त्याइरहेको छौं । त्यसमध्ये कोरोना पनि एक ठुलो महामारीको उदाहरण बनिरहेको छ ।

यसरी हेर्दा आज हाम्रो मानव विकासका साथ विज्ञान र प्रविधिको विकास केही दिशातर्फ गै रहेको छ ? भन्ने ठुलो प्रश्न हामी माझ खडा भएको छ । प्रकृति प्रतिकुल कृयाकलाप बढ्नाले र कृत्रिमताउन्मुख हाम्रो पाइलाले आज विश्वलाई यस्ता महामारीमा धकेल्दै गैरहेको उदाहरण इतिहासमा भएका प्लेग जस्ता महामारीदेखिको रोनासम्म आइपुगेको छ । यस्ता प्रकृति प्रतिकुल कृयाकलाप र विकासले हाम्रो मानव अस्तित्वलाई कति बर्षसम्म कायम राख्न सक्ला ? भन्न प्रश्नले अहिलेको उन्नत मानिने मानव समाजलाई गिज्याइरहेका छ । रोग लाग्नुभन्दा, रोग लाग्न नै न दिनु उतम हो भन्न वाक्यलाई चरितार्थ गर्न समय कोरोनाले हामी समक्ष ल्याइदिएको छ । त्यसैले हाम्रो जीवनशैलीलाई परिवर्तन गर्नै पर्ने भएको छ । अहिले कोरोनाबाट बच्नलाई जीवनी शक्ति र आत्मबल बढाउनुका साथै यसबाट बच्ने उपायहरु साबुनपानीले हात धुने, मास्क लगाउन सामजिक दुरी कायम राख्नु पर्छ ।

लेखक भण्डारी अर्थशाष्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ भने योग तथा प्राकृतिक चिकित्सा विषय पनि अध्ययनरत हुनहुन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ३ : ५६ बजे