एजेन्सी ।
टोटेनहमका स्टार खेलाडी एरिक सयरलाई इङ्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले जरिवाना गरेको छ । उनले गत मार्चमा भएको एफए कप फुटबलअन्तर्गत एफएको नियम ई–३ उल्लंघन गरेपछि कारबाही गरेको एफएले जनाएको छ ।
एफए कपको पाँचौं चरणको खेलमा एरिक प्यारापिटमा चढेर समर्थकलाई गाली गरेको बताइएको थियो । उक्त खेलमा एरिकले गोल गर्न मिस गर्दा उनका दाजु बसेको ठाउँमै पुगेर दर्शकले दुर्व्यवहार गरेका थिए । त्यसपछि उनले समर्थकलाई गाली गरेका थिए ।
उक्त खेल टोटेनहमले पेनाल्टीमा ३–२ ले गुमाएको थियो । एफएले उनलाई मे ८ भित्र जरिवानाविरुद्ध प्रतिक्रिया दिनसमेत भनेको छ । तर एरिकले खेलको भोलिपल्टै दर्शकहरूले आफ्नो परिवारको सदस्यमाथि दुर्व्यवहार गरेको सहन नसक्दा त्यस्तो अवस्था आएको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया