८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना भाइरसः भारतमा २१ हजार ८ सय संक्रमित, ६८१ को मृत्यु



नयाँ दिल्ली ।
भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । यसका साथै भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ हजार ७ सय ९७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४९ जनाको निधन भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ६ सय ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय गुजरात राज्यमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा हुन थालेको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो ।

अहिलेसम्म गुजरातमा २४ सय जना संक्रमित छन् । गुजरात कोरोना भाइरसबाट प्रभावित भारतको दोस्रो राज्य बनेको छ । पाँच दिनअघिसम्म गुजरात छैटौं नम्बरमा थियो ।

भारतमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राज्य भने अहिलेसम्म महाराष्ट्र नै छ, जहाँ ५६५२ जना संक्रमित छन् ।
भारतमा कोरोना भाइरस संक्रमण ४३० जिल्लामा फैलिएको छ ।

यसमा ४५ प्रतिशतभन्दा बढी संक्रमित दिल्ली, मुम्बई जनस्ता ठूला सहरमा संक्रमित छन् । मुम्बईमा ३ हजार र दिल्लीमा दुई हजार संक्रमित देखिएको अधिकारीहरुले बताएका छन् ।

तस्बिर : राेयटर्स

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ३ : ४८ बजे