शहबाज खान, कृष्णनगर ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लक डाउनको स्थितिबाट गुज्रिरहेको छ । यस बेला विशेष गरी बिदेशबाट आएका व्यक्तिहरुलाई क्वारेनटाइनमा राखेर कोरोना संक्रमण फैलन नदिन सचेतना अपनाइएको छ ।
यदी कोही संक्रमित भेटिएको पाइए आइसोलेशनमा राखेर उपचार गर्ने प्रबन्ध मिलाइएको छ । तर यस्तो महामारीले आक्रान्त भएको बेलामा पनि देशमा महिलाहरु बलात्कृत भएका घटनाहरु दिनहुँ बढिरहेको प्रति चिन्तित र दुःखित हुँदै राष्ट्रिय मदरसा संघ नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
संघले यस्तो स्थिति आउन नदिन क्वारेनटाइन महिला मैत्री बनाउन माग गरेको छ । महिला र पुरुषका निम्ति छुट्टा छुट्टै भवनमा क्वारेनटाइन बनाउन संघले माग गरेको छ ।
अथवा महिलाहरुको अलग वडा पर्ने र क्वारेनटाइनमा महिला रहँदा सुरक्षित हुन र रहन पाउनु पर्ने कुरा उठाएको छ ।
यस विषयमा सरकार र सरोकारवालासँग राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफी र महासचिव मौलाना मसुद खाँ नेपालीले संयुक्त विज्ञप्ती मार्फत गम्भीर हुन विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया