९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिवराज–३ मा सर्वदलीय बैठक, दोस्रो चरणको राहत वितरण गर्ने तयारी



राम अवतार चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले वडामा रहेका अति विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गर्ने तयारीका लागि सर्वदलीय बैठक बसालेको छ । दैनिक मजदुरी गरी गुजारा चलाउने विपन्न घर परिवारलाई लकडाउनको समयमा छाक तार्न गाह्रो भएकाले राहत वितरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले वडावासीहरुको समस्यालाई मध्यनजर गरी राहत वितरण गर्ने तयारीका लागि विहीबार खरेन्द्रपुरमा सर्वदलीय बैठक आयोजना गरी वडाध्यक्ष सापकोटाले सबैको सहकार्यले मात्र अगाडी जान सकिने कुरामा जोड दिनुभयो ।

पहिलो चरणमा वडामा रहेका २ सय विपन्न घर परिवारलाई गत चैत्र २४ गते नै राहत वितरण गरिएको थियो भने अहिले दास्रो चरणमा करिब ३ सय घर परिवारलाई राहत वितरण गर्ने तयारी भइरहेको साथै वितरण गर्ने सामग्रीमा चामल, दाल, नुन र खाने तेल रहेको बताईएको छ ।
वडाध्यक्ष सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा समाजसेवी, युवा, शिक्षक, अगुवा, संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ३ : २७ बजे