एजेन्सी ।
रियल मड्रिड तथा उल्भका खेलाडी ग्याराथ बेलले कोरोना भाइरसविरुद्ध लड्नका लागि पाँच लाख पाउन्ड सहयोग गरेका छन् ।
बेल र उनकी पत्नी इमाले मिलेर सहयोग गरेका हुन् । उनीहरू दुईजनाले नेसनल हेल्थ सर्भिसमा रहेका कर्मचारी र बिरामीलाई सहयोग गरेका हुन् ।
“दी युनिभर्सिटी अस्पतालमा म पनि जन्मिएको थिएँ । त्यसैले यो अवस्थामा सहयोग गर्न उचित ठानें,” बेलले भिडियो सन्देशमा भनेका छन् ।
बेल पछिल्लो समय रियल मड्रिडमा उचित स्थान पाउन नसकेका खेलाडी पछि हुन् । जिनादिन जिदानले प्रशिक्षकत्व सम्हालिसकेपछि उनले रियलमा राम्रो स्थान पाउन सकेका छैनन् ।
प्रतिक्रिया