एजेन्सी ।
डेनिस स्ट्राइकर मार्टिन ब्रेथवेटेले आफू बार्सिलोनामा लामो बसाइका लागि इच्छुक भएको बताएका छन् । तर, ला लिगा क्लब बासिलोना उनलाई यसअघि नै बेच्ने योजना बनाइएको समाचार बाहिरिएको थियो ।
२८ वर्षीय ब्रेथवेटे यसै सिजनको फेब्रुअरीमा लेगानेसबाट क्याम्प नाउ पुगेका थिए । उनलाई लेगानेसबाट १८ मिलियन पाउन्डमा आपतकालीन रूपमा बार्सिलोनाले अनुबन्ध गरेको थियो । तर, भर्खर मात्र बार्सिलोनाले ब्रेथवेटे बेच्ने विचार गरिरहेको रिपोर्ट बाहिरिएको थियो ।
बार्सिलोनाले डेनिस अन्तर्राष्ट्रियसँग २०२४ सम्मको सम्झौतामा हस्ताक्षर गरेका थिए । उनी अझै क्याम्प नाउमा आफ्नो प्रदर्शन खेलाउन उत्सुक रहेको बताएका छन् । “मलाई पक्का विश्वास छ कि म साढे चार वर्षभन्दा बढी क्याम्प नाउमा बस्दै छु,” ब्राइथवेटेले भने, “अहिले म बार्सिलोनामा खेल्न चाहन्छु र रमाइलो गर्न चाहन्छु । यस टिमसँग उपाधि जित्न चाहन्छु ।”
कोरोना भाइरस महामारीका कारण सिजन स्थगित हुनुअघि ब्रेथवेटेले बार्सिलोनाका लागि केवल तीन खेल मात्र खेलेका छन् । उनले स्पेनिस दिग्गजहरूसँग आफ्नो भविष्य आफैं निर्धारण गरेका छन् । तर, बार्सिलोनाले उनको अभियानलाई के गर्ने छ त्यो भने ट्रान्फसर विन्डोजले देखाउनेछ ।
प्रतिक्रिया