९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमबाप्पेको मूल्य तीन सय मिलियन युरो



एजेन्सी ।
ला लिगा क्लबका लागि नियमित काम गर्ने एक एजेन्टले स्टार युवा खेलाडी केलियन एमबाप्पेको मूल्य तोकेका छन् । उनले एमबाप्पेको मूल्य तीन सय युरो तोक्दै सम्भवतः यो वर्ष रियल मड्रिडमा सहभागी हुने आशा रहेको बताएका छन् ।

२०१८ मा मोनाकोबाट पूर्ण रूपमा पेरिस सेन्ट जर्मन ९पीएसजी० पुगेका एमबाप्पे हाल स्पेनिस क्लब रियल मड्रिड जान सक्ने हल्ला चलेको छ । सुरुमा लोनमा अनुबन्ध गरिएको एमबाप्पेलाई पीएसजीले २०१८ मा १८० मिलियन युरो तिर्दै क्लबमा हस्ताक्षर गरेको थियो । उनको सम्झौता क्लबसँग २०२२ सम्मका लागि छ ।

पीएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट ब्राजिलियन स्ट्राइकर नेयमारलाई २२२ मिलियन युरोमा अनुबन्ध गरेपछि एमबाप्पे विश्वका सर्वाधिक मूल्यवान खेलाडीको दोस्रो सथानमा थिए । २१ वर्षीय एमबाप्पेलाई रियल म्याड्रिडले अर्को ट्रान्फर विन्डोजमा आफ्नो प्रमुख स्थानान्तरण लक्ष्य बनाएको छ । तर, पीएसजीले उनलाई लामो समय क्लबमै राख्न चाहेको बताइएको छ ।

“कोरोना भाइरसका कारण सबैजसो क्लबमा आर्थिक समस्या भए पनि रियलले कुनै हिचकिचावट एमबाप्पेलाई विश्व कीर्तिमानी मूल्यमा अनुबन्ध गर्ने विश्वास लिएको छ । हामी सोच्न सक्छौं उनी अर्को सिजन रियलबाट ला लिगामा देखिनेछन्,” एजेन्ट यवन ले मीले भने, “यस्तो लाग्दैन कि उनी पीएसजीमा नवीकरण गर्दै छन् । उनको अझै दुई वर्ष बाँकी छ ।”

उनले एमबाप्पेको यो मूल्य असम्भव नभएको पनि बताएका छन् । “एमबाप्पेका लागि तीन सय मिलियन युरो ठूलो होइन । किनभने कुनै क्लबले नेयमारका लागि २२२ मिलियन युरो खर्च गर्न सक्छ भने एमबाप्पेका लागि तीन सय मिलियन खर्च गर्न सम्भव छ । उनी युवा र अविश्वसनीय खेलाडी हुन्,” एजेन्ट यवन ले मीले भने ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  २ : १३ बजे