६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

राष्ट्रिय युवा संघको पहलमा वाणगंगा–४ का ३ सय ७४ घर परिवारलाई राहत दिइयो



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले वाणगंगामा राहत वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर संघले वाणगंगा ४ का ३ सय ७४ घरपरिवारलाई राहत वितरण गरेको हो ।

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लक डाउनमा प्रभावित बनेका गरिब, मजदुर, विपन्न तथा असहाय परिवारलाई संघले बुधबार राहत बाँडेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका नेता रनेन्द्र सेनले बताउनुभयो ।

राष्ट्रिय युवा संघ वाणगंगा वडा नं ४ को समन्वयमा ७ लाख मुल्य बरावरको खाद्य सामग्री सहयोग प्रदान गरिएको हो । वितरण गरिएको राहतमा प्रति परिवार चामल १८ किलो, दाल २ किलो खाने तेल, २ लिटर, स्वायविन ४ सय ग्राम, सरफ ६ सय ग्राम, हात धुने साबुन ४ पिस लगायत रहेको नेता सेनले बताउनुभयो ।

राहत सामग्रीमा नगर भित्रका समाजसेबी कृष्ण बहादुर कुँवर, देवी पाण्डे, टोप नारायण बेल्वासे, कृष्ण प्रसाद भट्टराई, डा.धर्मराज भट्टराई, दिल बहादुर खाती, मुक्ति गैरेसहित ७० जनाको सहयोग रहेको थियो ।

राहत सामग्री पाएपछि लाभान्वित घरपरिवारले आफुलाई दुखको बेला सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । साथै संघले सहयोग गर्ने सवै समाजसेवीलाई धन्यवाद व्यक्त गर्दै राहत वितरण प्रकृयामा केहि छिटफुट भएको भए पुनः वितरण गर्ने जनाएको छ ।

Image may contain: one or more people, people standing, crowd and outdoor

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ८ : ४० बजे