मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तु कृष्णनगरका नेता शैलेष प्रताप शाहले भारतबाट नेपालमा आएर फसेका ब्राह्मण साधु महात्माहरुलाई राहत सामग्री दान गर्नुभएको छ ।
कोरोना संक्रमण पछि भएको सिमा बन्द र लकडाउनभन्दा पहिला नेपाल छिरेका कुल ३७ जना साधु महात्मालाई पूर्व प्रदेश सभा उम्मेदवार शाहले ३ क्वीन्टल चामल, ७५ केजी दाल, २० लिटर खाने तेल, ३७ केजी नुन र १२० केजी आलु दान गर्नुभएको हो ।
विगत केही दिनदेखि खाद्यान्न अभाव रहेको सुचना पाएपछि समाजसेवी शाहले कृष्णनगर नगरपालिका वडा नं. १ मा रहेको सेमरा पोखरामा अस्थायी त्रिपालको घर बनाई बसेका साधु महात्माहरुलाई बोलाई दैनिक उपभोग्य बस्तु स्थानान्तरण गरिएको उहाले बताउनुभयो । भारतका बलरामपुर, तुल्सीपुरका ब्राह्मण साधुहरुलाई राहत प्रदान गरिएको हो ।
साथै अत्यन्त गरिब परिवारकी २३ जना महिलालाई समेत ३ क्वीन्टल चामल, ५० केजी दाल, ८० केजी आलु, १० लिटर तेल र २३ केजी नुन विहीबार वितरण गर्न लागेको शाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया