शुभाष चन्द्र पोख्रेल ।
मान्छेको आयू
भ्रूणदेखि चिहानसम्म त हो नि ,
होइन र?
जुन दिन एउटा झमान्छेञ मर्छ
त्यही दिनबाट ऊ भित्रको मानवताले जन्म लिन्छ !
मानवता जन्मिन्छ अवश्य,
तर
मानवताको आयू हुँदैन,
यो त अनन्त छ !
हो, त्यसैले त तिम्रो शेष पछि
तिमीले झमानवताञनै जन्माउन मन छ भने
एउटा अठोट तिमीले गर्नै पर्छ,
एउटा नियम तिमीले मान्नै पर्छ,
भोलिको मानवताका निम्ति
तिमी आज
झमान्छेञ भएर बाँच्नु छ !
मान्छे हुन त गाह्रो पो छ त
दुस्खमा आँसु चाहिन्छ,
सुखमा हाँसो चाहिन्छ ,
भरोसा गर्न आफ्नो चाहिन्छ
इष्या गर्न पराइ चाहिन्छ !
सुख–दुःख
आँसु–हाँसो
पीडा–परपीडा
यी सब्बै चिजको बिउ
मान्छेको मनभित्र छ,
फरक यत्ति हो
कुन बिउ उमार्न मलजल गर्छौ तिमी ?
!!!
गन्न असम्भव छ,
आदिदेखि अहिलेसम्मको मानव इतिहास उधिन्न
कति सरा धागो लागेको छ ?
भन्न असम्भव छ,
अहिलेसम्म मान्छेले कति दुस्ख खेपेको छ !
बितेका हजारौं वर्षहरूमा,
कति आए कति
मान्छेको बीउ मास्ने गरी
महाप्रलयहरू,
र महासंकटहरू !
लड्न छोडी ती अनेक महाप्रलयसँग
मान्छे रोइमात्र बसेको भए
आजसम्म
प्रशान्त महासागर र
आन्ध्र महासागर
पानीले होइन, आँसुले भरिएको हुन्थ्यो !
जित्नका लागि जन्मेको कुनै प्राणीको
अर्को नाम मान्छे हो !
हो त्यही, जित्न खोज्ने
अथाह कथा व्यथाको सुर्के थैली त हो नि
मानव इतिहास!
इतिहासको त्यही जुइनो अझ बलियो बनाउन
हामी आज पनि फेरि
लड्नु परेको छ– कोरोनासँग
यो लडाइँ इतिहासको अन्तिम लडाइँ होइन,
तर लड्न त अन्तिम लडाइँ झै नै लड्नु छ !
मान्छेले जन्माएको विज्ञान
मान्छेकै लागि लड्नेगरी वयस्क हुँदै गर्ला !
आऊ आज मान्छे–मान्छे मिलेर लडौं,
एकता भएर लडौं,
एक्ला–एक्लै भएर लडौं,
अनुशासन उमारेर लडौं,
मन बाँधेर लडौं !
हुन्छ नि है,
मसिनो भाइरससँग युद्ध लडौं !
मानवता बचाउनै कै लागि पनि
मान्छे भएर लडौं !
प्रतिक्रिया