काठमाडौं ।
कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४३७ जनाको मृत्यु भएको छ ।
बुधबार थप ४३७ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया