९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भलवाडको तरकारी विक्रीमा सांसद पंथीको पहल, किसानलाई मिल्यो राहत



बाबुराम रायमाझी, जितपुर ।
तरकारी बेच्ने बेला लकडाउनका कारण मारमा परेका कपिलवस्तु भलवाडका किसानले केही भएपनि राहतको महसुस गरेका छन् । बेच्न ठिक्क परेका तरकारी कुहिएर जाने खतरा बढीरहेका बेला प्रदेश ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीको पहलमा केही तरकारी बेच्न पाएपछि किसानले राहतको महसुस गरेका हुन् ।

केहीदिन देखि प्रदेश सांसद पन्थीले सामाजिक संजाल मार्फत जिल्लामा उत्पादन भएका तरकारीको अवस्था के कस्तो छ भनेर जानकारी माग गर्नुभएको थियो । त्यही अनुरुप भलवाडका किसानले सांसदलाई बेच्ने वातावरण मिलाउन आग्रह गरे पछि भलवाडका किसानले तरकारी बेच्न सकेका छन ।

बुटवलका तरकारी व्यवसायीहरु गाउँमै आएर तरकारी खरीद गर्दा आफुहरुलाई राहत मिलेको जनसेवा कृषक समूहका सदस्य रोमाखर अधिकारीले बताउनुभयो ।

भलवाडका किसानको खेतमा यतिबेला करेला, लौका, बोडी, टमाटर, भेण्डी, खुर्सानी, धनियाँ, फर्सी, मुला, काँक्रा, गाँजर, बोडी, बन्दागोभि, हरियो साग लगायतका तरकारी उत्पादन भएको छ । लकडाउनले गर्दा उत्पादन भएको तरकारी विक्री गर्न समस्या भएको किसानहरु वताउँछन् । भलवाडको वर्दहवा, भर्तापुर, चौवाह गाउँका किसानले तरकारी खेती गरेका छन् ।

तरकारी विक्रीका लागि वडाध्यक्ष ध्रुव बेल्वासेले पनि महत्वपूर्ण पहल गरिदिएको भन्दै किसानले धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  १० : २९ बजे