एजेन्सी ।
फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यान यसै सिजनको सुरुवातमा क्याम्प नाउ पुगे । बार्सिलोनामा उनी सहज रुपले भने आएका होइनन् । उनको अनुबन्धनको चर्चा लामो समय चलेको थियो । त्यही चर्चाका बीच स्पेनिस क्लबले ग्रिजम्यानलाई भित्र्यायो । बार्सिलोनाले उनलाई एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेको थियो ।
बार्सिलोनाले उनलाई अट्याकिङ पोजिसनका लागि महत्त्वपूर्ण खेलाडी बन्ने ठूलो आशाका साथ क्लबमा अनुबन्धन गरेको थियो । ग्रिजम्यानका लागि यो सिजन भने सफल हुन सकेन । आएको केही महिनापछि घाइते हुँदा उनले केही खेल गुमाउन पनि पुगे ।
ग्रिजम्यानले च्याम्पियन्स लिगमा भने राम्रो प्रभाव जमाउन सफल भए । तर, घरेलु लिगमा भने उनको प्रदर्शन सोचे अनुरुप रहेन । अहिले ग्रिजम्यानलाई बार्सिलोनाले इन्टरमा अनुबन्धन गराउने र इन्टरका स्टार खेलाडी मार्टिनेजलाई बार्सिलोनामा ल्याउने चर्चा भने स्पेनिस मिडियाहरुले गरिरहेका छन् ।
ग्रिजम्यानले भने आफू बार्सिलोनामा रमाइ रहेको प्रतिकृया जनाउँदै आइरहेका छन् । उनले आफू अझै केही सिजन बार्सिलोनामै रहने पनि बताएका छन् । ग्रिजम्यानले यस सिजन ला लिगाका २७ खेलमध्ये २६ खेल खेल्दा मात्र ८ गोल गरेका छन् । उनले सबैखाले ३७ खेलमा १४ गोल गरेका छन् ।
प्रतिक्रिया