९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडाध्यक्ष गैरेले गरे लकडाउनमा फसेका कपिलवस्तुबासीलाई उद्धार गर्न लाग्ने सबै खर्च व्यहोर्ने घोषणा



मायादेवी अनलाइन, तौलिहवा ।
तौलिहवा स्थित बुद्ध ज्योति इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य तथा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले लकडाउनका कारण देशको कुनै पनि स्थानमा फसेका कपिलवस्तुबासीलाई जिल्लामा ल्याउनका लागि लाग्ने सबै खर्च ब्यहोर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि मुलकमा एक महिना देखि जारी लकडाउनका कारण देशका बिभिन्न स्थानमा रहेका मजदुरहरु मर्कामा परिरहेका बेला उनले देशको जुनसुकै ठाउँमा फसेका र जिल्ला आउन चाहनेका लागि चाहिने साधन, खानपिन लगायतका सबै खर्च उपलब्ध गराउने उनले बताए ।

फसेका यात्रुहरुलाई घरसम्म ल्याउन बोर्डिङ स्कुलको बस लगायतका सवारी साधान समेत प्रयोग गर्न दिने उनले बताए । ‘लकडाउनका मुलकका बिभिन्न स्थानमा रहेका मजदुरहरु फसेका छन, यस्तोमा देशका बिभिन्न स्थानमा रहेका कपिलवस्तुका नागरिक जिल्लामा आउन चाहे त्यसका लागि पहल सहित लाग्ने सबै खर्च उपलब्ध गराउँछु’ उनले भने ।

कपिलवस्तुका मानिस कहाँ कति जना लकडाउनले आउँन पाएका छैनन त्यसबारे मलाई थाहा छैन तर आउन चाहनेलाई घरसम्म पुर्याउने ब्यवस्था मिलाउने उनले बताए । फसेकालाई घर ल्याउन प्रशासन, प्रदेश र स्थानीय पालिकासंग समन्वय गर्ने उनले बताए ।

लकडाउनका कारण बिभिन्न स्थानमा फसेर पैदल हिडिरहेको दृश्यले आफुलाई निकै दुःखी तुल्याएको भन्दै सडकमा फसेकाहरुलाई सरकारले घर पुर्याउने ब्यवस्था मिलाउनु पर्ने उनले माग गरे । फसेर घर आउन चाहनेहरुको बिषयमा आफुलाई जानकारी गराउन उनले आग्रह गरे । उनले जानकारीका लागि आफना नम्बर ९८४७२१२१५५मा संपर्क गर्न उनले अपील गरे ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ७ : ५७ बजे