नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार भएका तीनजनालाई बुधबार नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखिएको छ ।
शनिबार भारतबाट आएका एकजना र उनको सम्पर्कमा आएकालाई सोमबार साँझ कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा राखिएको २४ घण्टा नबित्दै उनीहरु फरार भएका थिए । क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियारसहित तीन जनालाई बुधबार विहान ३ बजे उनकै घरबाट नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको कावासोती १ का वडाअध्यक्ष नारायण पन्तले बताए । प्रहरी, जनप्रतिनिधिलगायतको सक्रियतामा उनीहरुको खोजी गरिएको थियो ।
प्रतिक्रिया