मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा कपिलवस्तुले ७१ औैं कम्युनिष्ट स्थापना दिवसका अवसरमा संस्थापक नेताहरुको सघर्षपूर्ण, यात्राको स्मरण र शहिदहरु प्रति उच्च सम्मान प्रकट गर्दै विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गरेको छ ।
नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी कार्यकर्ता, शुभेच्छुक एवम् सम्पूर्ण न्याय प्रेमी जनता प्रति शुभकामना ब्यक्त गर्दछौं भनिएको छ ।
जारी विज्ञप्ती मार्फत ऐतिहासिक यस क्षणमा पार्टी एकतालाई थप सुदृढ, सबल बनाउदै पार्टीलाई अझ उचाईमा लैजानाका लागि सबै पार्टी कार्यकर्ताको रचनात्मक भूमिकाको खाचो हुने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोरा भाइरस (कोभिड-१९) मानव जातीका लागि चुनौती थपिएको अवस्थामा सरकारले आब्हान गरेको लकडाउनलाई पूर्ण पालना गर्दै आफु पनि बच्न र अरुलाई पनि बचाउने कार्यमा सहयोग पु¥याउन अपिल गर्दछौं भनिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।
प्रतिक्रिया