काठमाडौँ ।
कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ ।
भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन्। काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार हस्तान्तरण गरिएका औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज छन्। यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउने राजदूतावासले जनाएको छ।
भारतको सहयोगलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत भारतका समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
१० बैशाख २०७७ बुधबार ००:००
2
Shares
प्रतिक्रिया