९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चन्द्रौटाका युवाले गरे आश्रमलाई खाद्यान्न सहयोग



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ४ मा रहेको बाल हंश साङ्गवेद गुरुकुल पाठशालामा अध्ययन गर्ने बटुकहरुलाई युवाहरुले खाद्यान्न सहयोग सहयोग गरेक छन् ।

लामो समयको लकडाउनले खाद्यान्न अभाव हुन नदिन स्वर्गद्घारी आश्रम खरेन्द्रपुरमा बसि अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई चन्द्रौटाका युवाहरु एक जुट भई खाद्यान्न संकलन गरेर वितरण गरिएको चन्द्रौटा क्षेत्रका सफल व्यवसायी गोविन्द के.सी. ले बताए ।

खाद्यान्न अभावको कारण बटुकहरुलाई बाँच्न गाह्रो हुने देखेपछि आफुहरुले खाद्यान्न सहयोग गरेर वितरण गरेको ग्यालेक्सी शुद्ध पिउने पानीका संचालक विष्णु हमालले बताए ।

विश्व कोभिड–१९ कोरोना भाइरसले महामारीको रुप लिदा देश अहिले लकडाउनको अवस्था रहेको छ । आश्रममा २२ जनाले वैदिक शास्त्र अध्ययन गर्दै आइरहेका छन् ।

आश्रममा रहेका बटुकहरुलाई एक महिना पुग्ने रासन उपपब्ध गराईएको र लकडाउनको समय थप सहयोग गरिने चन्द्रौटा निवासी नन्दु पौडेलले बताए ।

एक सप्ताहदेखि पैदलयात्रीहरुलाई खाना र यातायातको व्यवस्था गरी रहेका युवाहरुले आश्रममा खाद्यान्न अभाव भएको थाहा पाएकोले सहयोग गरेको गणेश जि.सी ले मायादेवी अनलाइनसंगको कुराकानीमा बताए ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  १२ : ०८ बजे