९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुका क्वारेनटाइनमा बसेका १ हजार १५ जना मध्ये ८ सय १२ जना डिस्चार्ज



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा मंगलबारसम्म १ हजार १५ जना क्वारेनटाइनमा बसेका छन् । कोरोना भाइरसको संक्रमण आशंका गरिएका र भारतबाट नेपाल फर्किएकालाई अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने भएपछि उनीहरु क्वारेनटाइनमा बसेका हुन् ।

क्वारेनटाइनमा बसेका मध्ये ८ सय १२ जना डिस्चार्ज भैसकेका छन । जिल्लाका १० स्थानीय तहले बनाएका एक हजार १२ क्वारेनटाइन बेड मध्ये अहिले २ सय ३ जना मात्र क्वारेनटाइनमा बसेका छन् । जसमध्ये १ सय ८३ जना पुरुष छन् भने २० जना महिला रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले उपलब्ध गराएको तथ्याङ्क अनुसार शिवराज नगरपालिकामा ५४ जना क्वारेनटाइनमा रहेका छन् । यो संख्या अरु स्थानीय तहको भन्दा बढी हो । विजयनगर गाउँपालिकामा ५१, महाराजगञ्ज नगरपालिकामा ३३, यशोधरा गाउँपालिकामा १४, कृष्णनगर नगरपालिकामा १२, बुद्धभूमि नगरपालिकामा १२, शुद्धोधन गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा १० जना क्वारेनटाइनमा रहेका छन् ।

यस्तै मायादेवी गाउँपालिकामा ३ जना रहेकोमा वाणगंगा नगरपालिकामा सबैभन्दा कम २ जना मात्र क्वारेनटाइनमा रहेका छन् । सुरुवाती चरण देखिनै वाणगंगामा क्वारेनटाइनमा बस्ने कम थिए ।

जिल्लामा मंगलवार साँझसम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् । मंगलवारसम्म ८ सय ८ जनाको कोरोनाको द्रुत परिक्षण (र्यापीड टेस्ट) गरिएको छ । मंगलवार ४१ जनाको टेस्ट भएको छ ।

पहिलो चरणको राहत अन्तर्गत कपिलवस्तुका १० पालिकाले १९ हजार ५६१ बिपन्न पविारलाई राहत बितरण गरिसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  ५ : ३२ बजे