९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कृष्णनगरका मुस्लिम अगुवाले भनेः ‘रमजाम घरघरमा मनाउनु, मस्जिदमा भीड नगर्नु’



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तु कृष्णनगर क्षेत्रका मुस्लिम धर्मका अगुवाहरुले आउँदै गरेको रमजाम पर्वलाई घरघरमा मनाउन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउन अनिवार्य पालना गर्नुपर्ने भन्दै मुस्लिम अगुवाहरुले रमजाम पर्व घरघरमा बनाउन आग्रह गरेका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसाका अगुवाहरुले अकको एक साता भित्र आउँदै गरेको पवित्र महिना रमजानमा घरमै रमाइलो गर्न आग्रह गरेका छन् ।

रमजामको समयमा मुस्लिम समुदायले रोजासंगै नियमित रुपमा पाँच समयको नमाज अदा गरि गरिब असहाय परिवारलाई सहयोग गर्दै आएका छन् । तर, यो बर्ष कोरोना भाइरसले गर्दा पवित्र रमजान महिनामा तराबिह नमाज इफ्तार पार्टी र अन्य धार्मिक कार्यक्रमहरु गर्दा भिडभाड नगरी आ–आफ्नो घर भित्रै गर्न भनिएको हो ।

विज्ञप्तिमा सरकारले गरेको लकडाउन उल्लङ्घन सम्बन्धि नकरात्मक सन्देश बाहिर जाने भन्दै यसमा सचेत बन्न मुस्लिम अगुवाहरुले सबैमा आग्रह गरेका छन् ।

लकडाउनको उल्लङ्घन गरी नवाज पढेको भन्दै कपिलवस्तुमा १४ जना पक्राउ परेपछि आलोचना भएको थियो । तर, जिल्लाका मुस्लिम अगुवाहरुले पटक पटक लकडाउनको पालना गर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशित गर्दै आएका छन् । त्यसै अनुसार कृष्णनगरका मुस्लिम अगुवाहरुले मंगलबार पनि विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगरका अध्यक्ष मौलाना समीम अहमद नदवी, राष्ट्रिय मदरसा संघ नेपाल काा रााष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अलकुफी, प्रदेश नं. ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मौलाना अब्दुल अजिम मदनी अध्यक्ष तौहिद सेन्टर कृष्णनगर, मौलाना अब्दुल मन्नान सल्फी जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना अकील अहमद नाइमी प्रधानाध्यापक जामिया इस्लामिया नाइमिया कृष्णनगर, मौलाना हसमत अली कादरी प्रधानाध्यापक मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगर, मौलाना जहीर अहमद बरेलवी सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, शैख जैस मक्की उपाध्यक्ष राष्ट्रिय मदरसा संघ नेपाल, हाफीज तारिक रियाज सहायक प्रधानाध्यापक मदरसा जैद बिन साबित झण्डानगर मौलाना शाउद अख्तर सल्फी अध्यापक जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना नियाज अहमद सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, अनवार अहमद हासमी सल्लाहकार राष्ट्रिय मदरसा संघ नेपाल लगायतको हस्ताक्षर छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  ५ : ०१ बजे