९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

श्रीलंकामा संसदीय निर्वाचन २० जुनमा



एजेन्सी ।
कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी २० जुनमा गरिने भएको छ ।

राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाका अनुसार सोमबार आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा वरिष्ट स्वास्थ्य अधिकारीहरु, सुरक्षा निकायहरु, हुलाक सेवाका जिम्मेवार पदाधिकारीहरु, जिल्ला सचिवहरु तथा सरोकार भएकाहरुको पनि सहभागिता थियो ।

यसअघि संसदीय निर्वाचनका लागि २५ अप्रिलमा मिति तोकिएको थियो । तर कोरोना भाइरस महामारीका कारण सरकारले देशव्यापी कफ्र्यू लगाएपछि निर्वाचन कार्यक्रम प्रभावित भएको थियो ।

श्रीलंकामा गत ११ मार्चमा पहिलो घटना देखिएयता हालसम्म कोरोनाबाट ३ सय बढी व्यक्ति संक्रमित भएका र ७ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा देशभरका ४० भन्दा बढी केन्द्रमा विदेशीसहित ३ हजार ५ सय बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  २ : ४१ बजे