एजेन्सी ।
प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी मार्कुस रासफोर्डको उत्कृष्टताको चर्चा पछिल्लो समय धेरै छ । रासफोर्ड प्रिमियर लिगका उत्कृष्ट खेलाडीमध्येका एक हुन् ।
इङ्ल्यान्डका स्टार रासफोर्डले २२ वर्षकै उमेरमा आफ्नो खेल जगतमा राम्रो छवि बनाइसकेका छन् । उनी पछिल्लो दुई सिजनमा भने धेरै चर्चामा आए । जसमा च्याम्पियन्स लिग फुटबलको गत सिजन फ्रान्सेली क्लब पीएसजीविरुद्धको दोस्रो लेगको खेलमा युनाइटेडले कमब्याक गर्दा रहेको थियो ।
“मेरो युनाइटेडमा पछिल्लो पाँच वर्ष उत्कृष्ट छ । त्यो समयमा मैले जोसे मौरिन्हो प्रशिक्षक हुँदाको समय आफ्नो खेलमा धेरै सुधार ल्याएको थिएँ । लिग खेलमा कुनै खेलमा कमजोर प्रदर्शन भयो कुनै खेलमा उत्कृष्ट तर, त्यो समय मेरो उत्कृष्ट भयो,” रासफोर्डले यूटीडी पोडकास्टसँगको कुराकानीमा भने ।
सन् २०१५ मा युनाइटेडको सिनिय टिमबाट खेलेका उनले ११३ लिग खेल खेल्दै ४१ गोल गरेका छन् । त्यस्तै उनले सन् २०१६ बाट इङ्ल्यान्डका लागि ३८ खेल खेल्दै १० गोल गरेका छन् ।
प्रतिक्रिया