सिओल ।
उत्तर कोरियाली नेता किम जोङ उन मुटुको सर्जरीपछि गम्भीर बिरामी भएका समाचारहरु गलत र भ्रमात्मक भएको दक्षिण कोरियास्थित अधिकारीहरुले बताएका छन् ।
अधिकारीले भनेका छन्, “किमलाई ‘गम्भीर रोग’, ‘मष्तिष्कघात’, ‘शल्यक्रियापछि सन्चो हुँदै, लगायतका समाचार शीर्षकहरु पुष्टि गर्न असम्भव छ ।”
दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले ३६ वर्षीय किमलाई ुगम्भीर रोगु लागेको कुनै संकेत उत्तर कोरियाबाट नआएको जनाएको छ । किमलाई रोग लागेको अथपा गम्भीर बरामी भएको समाचार आएको यो पहिलो पटक भने होइन ।
किन भए अनुमानहरु ?
किम १५ अप्रिलमा आफ्ना हजुरबुबाको जन्मदिनमा उपस्थित थिएनन् । यो यस वर्षको ठूलो इभेन्ट थियो, मुलुकका नेताका हजुरबुबाको जन्मिन तर, किमको अनुपस्थिति । किमले यसअघि यो अवसर कहिल्यै छुटाएका थिएनन् । उनी त्यहाँ उपस्थित नहुँदा यसलाई गम्भीर रुपमा व्याख्या गर्न थालियो ।
यससँगै उनी किन उपस्थित भएनन् भनेर विभिन्न अनुमानहरुका साथ भ्रम सिर्जना गरिए । किम १२ अप्रिलमा पछिल्लो पटक सरकारी मिडियामा आएका थिए । त्यसअघस ११ अप्रिलमा मुख्य राजनीतिक बैठकको अध्यक्षता गरेका थिए । त्यसपछि उनी सरकारी सञ्चारमाध्यममा देखिएनन् ।
गत साता गरिएको मिसाइल परीक्षणमा समेत किमको उपस्थितबारे त्यहाँका सरकारी मिडियाहरुले पनि कतै उल्लेख गरेका छैनन् । यसअघिका अधिकांश मिसाइल प्रक्षेपणमा उनी देखिन्थे ।
यी महत्वपूर्ण अवसरमा किम उपस्थित नहुँदा उनी नेतृत्वबाट बाहिरन लागेका हुन किन भन्ने अनुमानहरुसमेत लगाइएको थियो । उत्तर कोरियाका आन्तरिक कुराहरु उतिकै पनि बाहिर आउँदैनन् । यसपटक त झनै महामारीका कारण जनवरीदेखि नै उत्तर कोरियाले सीमा नाका बन्द गरेको छ ।
बिरामी भएको पहिलो रिपोर्ट ?
अघिल्लो मंगलबार उत्तर कोरियाबाट सञ्चालन भएको एक समाचार वेबसाइटमार्फत उनी बिरामी भएको रिपोर्ट सार्वजनिक भएको थियो । एक गोप्य स्रोतले डेली एनकेलाई बताए अनुसार उनी कार्डियोभास्कुलर समस्यासँग गत अगस्टदेखि लडिरहेको बताइएको थियो । “पछिल्ला दिनहरुमा उनको अवस्था थप बिग्रिँदै गएको थियो ।”
यही समाचारलाई आधारमान्त्रै विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले श्रृखलाबद्ध रिपोर्टिङहरु गरे । अन्य केही समाचार एजेन्सीहरुले दक्षिण कोरिया र अमेरिकास्थित गुप्तचर निकायलाई उदृत गर्दै किम बिरामीको रिपोर्टिङ गरेका थिए ।
रिपोर्टिङकै क्रममा विस्तारै अमेरिकी मिडियामार्फत सनसनीपूर्ण शीर्षकहरु सार्वजनिक हुन थाले । ती समाचार संस्थाले “उत्तर कोरियाली किमको मुटु सर्जरीपछि स्वास्थ्य अवस्था गम्भीर भएको” उल्लेख गरे ।
यद्पि दक्षिण कोरिया र चिनियाँ सरकारी स्रोतका अनुसार बाहिर आएका समाचारहरु सत्यता नभएको बीबीसीले जनाएको छ । उत्तर कोरियाली नागरिकलाई वास्तवमै उनका नेताको स्वास्थ्य स्थितिबारे जानकारी गराइँदैन । (बीबीसी )
प्रतिक्रिया