९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चीनमा फुटबल लिग जुनबाट सुरु हुन सक्ने



एजेन्सी ।
कोरोना भाइरसका कारण स्थगित भएको चीन सुपर लिग (सीएसएल) को सिजन जुनबाट सुरु हुन सक्ने बताइएको छ । सीएसएल क्लब ग्वांग्झु आर एन्ड एफसीका अध्यक्ष हुआंग सेगाहुआले लिग जुनको अन्त्य वा जलाईको पहिलो सताबाट सुरु गर्न सकिने बताएका हुन् ।

युरोपसहित विश्वभर स्थगित भएका लिगहरूको नजर सीएसएलमा रहेका बेला ग्वांग्झु क्लबका अध्यक्ष हुआंगले यस्तो प्रतिक्रिया दिएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वभर आक्रान्त पारेकाबेला चीनले यस चुनौतीको सामना गर्न सक्छ कि सक्दैन भन्ने सबैले प्रतिक्रिया दिएका थिए ।

सीएसएल २२ फेब्रअरीबाट सुरु हुने तय भएको थियो । तर, कोरोना भाइसरका कराण लिग स्थगित गरिएको थियो । “पछिल्लो स्थितिलाई विश्लेषण गर्दा लिगको नयाँ सिजन जुनको अन्त्यबाट सुरु गर्न सकिनेछ,” ग्वांग्झु क्लबका अध्यक्ष हुआंगले भने, “यस स्थितिलाई हेर्ने हो भने पूरै सिजन खेल्न सकिनेछ । जसका प्रत्येक टिमले ३० खेल खेल्ने छन् ।”

ग्वांग्झु क्लबका अध्यक्ष हुआंगले लिगको विषयमा मिडियासँग कुराकानी गरे पनि चीन फुटबल संघले भने यस विषयमा कुनै औपचारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  २ : २२ बजे