देवेन्द्र पौडेल ।
महामहिम शासकहरु
समाजमा जुन वर्गले राज्य सत्ता माथि कब्जा गरेको हुन्छ त्यस राज्य सत्ताले समाजका सबै वर्गहरुलाई समान व्यवहार गर्दैन । राज्य सत्ताले न्यायका ठुला–ठुला कुरा गर्दछ । समानताको ढोलक पिट्छ । राज्य सत्ताले जे कुरालाई न्याय भन्छ, उसले अन्याय भयो भन्ने जत्तिलाई दमन गर्दछ । त्यसैले यी सबै कुराको समाधानका लागि समाजवाद चाहिन्छ र त्यो समाजवादको नेतृत्व कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छन् । मैले स्कुल पढ्दाताका माक्र्सवादका अगुवाहरुले हामीलाई सुटुक्क स्कुलबाट लिएर जाने गर्थे । पञ्चायती शासन व्यवस्थाका कारण एकान्त कुनातिर लान्थे र घन्टौँ यस्तै प्रवचन दिन्थे । हामीले डराइ डराइ उनीहरुका कुरा सुन्नै पथ्र्यो । हाम्रो काँचो र रित्तो प्राय दिमागमा यी कुराहरुले जरा गाडेर बसे । सोंचियो अहिलेको व्यवस्था ठिक छैन । सयौँ वर्षदेखि राजा महा–राजाहरुले यो देशलाई बन्धक बनाएका छन् । गरिब, विपन्न, श्रमिक, मजदुर र किसान सधैँ उत्पीडनमा परेका छन् । आफु विलासी जीवन बिताएर हामीलाई कठोर र कष्टप्रद जीवन बिताउन बाध्य पारिएको छ । त्यसैले यो व्यवस्थालाई जरैबाट फाल्नका लागि उनीहरुले जसोजसो भनेः ‘त्यसै त्यसै गरियो’ । बेला मौकामा झन्डा बोकियो, व्यवस्था विरुद्ध भित्ते लेखन गरियो, पर्चा पम्पलेट बाँडियो । चारुम जिमदारका इतिहास पढ्यौँ, गोर्कीको आमा उपन्यासको पाबेल खोज्यौँ समाजमा । झापाको किसान विद्रोह देखि लिएर जनताको लागि भनेर गरिएका सशस्त्र विद्रोहको वैचारिक दर्शनलाई नैतिक र भौतिक समर्थन पनि गरियो । २०६२÷०६३ को जनआन्दोलनमा पनि प्रत्यक्ष रुपमा सहभागी भएर समृद्धिको बाधक ठानिएको राज संस्थालाई पनि नार्गाजुन पु¥यायौँ । यद्यपि यस बीचमा सत्ताका अनेक किसिमका घृणित खेलहरु पनिहुँदै आए । सत्ता बन्ने र ढल्ने ढलाउने कामहरु पनि गरिँदै आए । अस्थिरता नै विकास र समृद्धिको बाधक हो भन्ने लाग्यो । विनाशकारी भूकम्पका कम्पनबाट उठ्दै दोस्रो पटकमा भएपनि संविधान सभा मार्पmत देशले संघीय गणतान्त्रिक संविधान पायो । भत्किएका विश्वासहरुमा आशाका त्यान्द्राहरु देखिन थाले । २०७४ मा भएको आमनिर्वाचनले कम्युनिस्ट पार्टीलाई करिब दुई तिहाई बहुमतका साथ सत्तामा पु¥यायो । देशको विकास र स्थिरताका लागिजनताले गतिलो साथ दिएका थिए । सबै कुरा भने जस्तो नै भएको थियो ।
महामहिम शासकहरु
यहाँहरुले मीठा सपना धेरै बाँड्नु भएको थियो । वषौँदेखि पूरा हुन नसकेको नयाँ नेपालको सपना नेपाली जनताले देखेका थिए । तिनै सपनामा विश्वास गरेर आप्mनो अमूल्य मत दिए । सर्वहारा मजदुर, किसान, श्रमिक, उत्पीडित वर्गको राज्यसत्ता स्थापना गर्ने र भोकमा रोटी, शोकमा राज्यको सहानुभूति नेपाली जनताका सपना थिए । छाना, नाना र खानाको प्रत्याभूति भए पुग्छ भन्ने नेपाली जनतालाई महत्वाकांक्षी सपना देखाइयो । सिंगापुर र स्विजरल्यान्डका सपना, पानी जहाजका सपना, हावाबाट बिजुली निकाल्ने सपना, घरघरमा पाइपलाइनबाट चुलो बाल्ने सपना……..। म पनि यिनै सपनाहरु पूरा हुने विश्वासमा मतदानका लागि जन्मथलो कपिलवस्तु पुगेको थिएँ । मैले भोट हालेका मान्छेले जिते पनि, मन्त्री भए । लाग्या थियो, अब यस क्षेत्रका समस्या समाधान हुनेछन् । उनलाई मैले सानैदेखि जानेको थिएँ । उनी दुखी गरिबका गीत गाउँदै हिँड्थे । समाजमा न्याय र समानताका कुरा गर्थे । झुपडीको पीडा हटाउँछौँ भन्थे । अब पक्कै गरिबका दुख र वेदनालाई बुभ्mनेछन् । किसानका चोटमा मलम बन्नेछन् । त्यसपछि मैले कैँयौँ पटक गाउँ समाजका समस्या सुनाउन फोन पनि गरेँ । अहँ मैले उनीसँग भेट्ने अवसर पाइन । मैले किमार्थ पनि व्यक्तिगत स्वार्थ मनमा राखेर भेट्न खोजको पनि होइन । म आप्mनै कर्म र पौरखमा रमाउन चाहन्छु, मैले कसैको सदा सयता खोजेको पनि थिइन । मलाई भाउन्ने भयो । मैले अन्तिम पटकको फोनमा भनि दिएँ पनि कि मन्त्रीज्यू अब म तपाईँलाई भेट्न मन्त्री क्वार्टरमा आउँदिन । चुनावमा फेरि पनि उठ्नु भएछ भने त्यही मैदानमा हुनेछ फरक तरिकाले हाम्रो भेट । यो त मेरो क्षेत्रको मेरो अनुभूतिसँग जोडिएको एउटा उदाहरण मात्र हो ।
महामहिम शासकहरु
त्यसपछि मलाई के महसुस भयो भने नेपालका कम्युनिष्ट पार्टी त कमाउनिष्ट पार्टी रहेछन् । वषौँ देखिका हाम्रा सपना माथि तुसारापात भएको छ । साँच्चै मेरा मात्रै होइन, कम्युनिष्ट दर्शनमा आस्था राख्ने समग्र नेपालीका आस्था र विश्वास भत्किए । देशभरि कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गर्दा मनमा लाग्या थियो, अब कुनै पनि नेपाली दाजुभाई, दिदीबहिनी खाडी मुलुकमा रोजगारीका निम्ति जानुपर्ने छैन, कृषि र पर्यटनका माध्यमबाट देशमै रोजगारी सिर्जना गरिनेछ । नेपाल पर्यटनको निर्विकल्प गन्तव्य बन्नेछ । उन्नत प्रविधियुक्त कृषि प्रणाली लागू गरिनेछ । विज्ञान र प्रविधिका क्षेत्रमा पनि देशले फड्को मार्नेछ । हाम्रा बालबच्चाहरु मेड इन नेपाल लेखेका ल्यापटप अगाडि राखेर पढ्न पाउनेछन् । गरिबका क्षमतावान् छोराछोरीले पनि सहज रुपमा डाक्टर, इन्जिनियर बन्न सक्नेछन् । दुरदराजसम्म सुविधायुक्त अस्पताल खुल्नेछन् । उपचारका बहानामा व्यापार हुनेछैन । पटक–पटक गोविन्द केसीले स्वस्थ स्वास्थ्य सेवाका लागि आमरण अनसन बस्नुपर्ने छैन । इज्जत लुटिएर कुनै छोरी चेलीले पनि अकालमा मर्नुपर्ने छैन । हरेक गाउँमा महावीर पुनहरु जन्मने छन् । सबैलाई सरकारले सहायता गर्नेछ । गाउँ–गाउँमा आविष्कार केन्द्रहरु खुल्नेछन् । डा. शेर बहादुर पुनहरुले सरकारको हस्तक्षेप विना निर्वाध किसिमले उपचार गर्नेछन् । सरकार आपैm बिरामीको उपचार गर्ने डाक्टर होइन समाजको शोक निवारण, भोक निवारणको डाक्टर बन्नेछ । कमिसनखोरी र भष्ट्राचारीलाई सरकारले काखीच्याप्ने छैन, एकादेशको कथा बन्नेछ । अनिकाल, भोकमरी र महाव्याधी आउँदा राज्यले अभिभावकत्व प्रदान गर्नेछ । खै त स्वर्णिम नेपाली समाजको आधारशीला निर्माण हुन सकेको ?
अहिले विपतका बेला राज्यले पिर नगर म छु भन्नुपर्ने कुराको व्यावहारिक रुपले अनुभूति गराउनु पर्ने होइन र ? आज विश्व समाज कोरोना भाइरस महामारीको चपेटामा छ । लाखौँ मान्छेको ज्यानगइसकेको छ । नेपाल पनि भाइरस संक्रमणबाट अछुतो छैन । देश महिनौँदेखि लकडाउनमा छ । सरकारले हप्ता दश दिनमा निद्राबाट ब्युँझेजस्तो गरी लकडाउनको आदेश दिन्छ । बाहिर ननिस्क भन्छ, भित्रै बस भित्रै खाऊ भन्छ तर खानेकुरा दिँदैन । यो महामारीमा साहु महाजन जताततैबाट लखेटिएर गाउँ फर्किने भुइँ मान्छेका हृदय विदारक तस्वीर देख्दैन सरकारले । आप्mना लागि बालुवाटार निवास मात्र होइन सुविधा सम्पन्न अस्पताल बनेको छ तर बाहिर सर्वसाधारणको उपचारमा खट्ने डाक्टर कुटिन्छन् र सरकारको चित्त नबुझाउने डाक्टर कारवाहीका भागिदार बन्नुपर्छ । औषधि किन्न गएका र इतिहासमा अरु कसैले बनाइ दिएको बाटो भोकभोकै घर जान हिँडेका श्रमिक, मजदुर नागरिक माथि लाठी बर्साइन्छ । दोलखाबाट बर्दिया जान लागेका वा गोर्खाबाट कैलाली जान थालेका गर्भवती महिला, अपांग दाजुभाइहरुका दुखमा राज्य बेखबर बनिदिन्छ । कैयौँ दिनसम्म क्वारेन्टाइनमा बसेका मान्छेको मरेपछि मात्र स्वाब परीक्षण गरिन्छ । कस्तो विडम्बना ! कम्युनिष्ट पार्टी सरकारमा छ, बलात्कृत चेली निर्मलाले न्याय पाउँदिनन् । वाइडबोडी र सुनकाण्डका ठुला माछालाई सुनपानीले चोख्याइन्छ । ओम्नीसँग लगनगाँठो कसिन्छ, र यतीलाई पोषण गरिन्छ । सर्वोच्च अदालतको काम कार्यपालिका प्रमुखले गर्दछन् । ७० करोडका खेल खेलिन्छन् । गरिब देशका कम्युनिष्ट प्रधानमन्त्रीले चार–चार वटा हेलीकप्टरको प्रयोग गर्दै डेढ करोड खर्च गरी विलासी जन्म दिन मनाउन र राष्ट्रपतिले डेढ अर्बको हेलीकप्टर चढ्नै पर्छ र ? कतिपय विपत्ति बाजा बजाएर आउँदैन तर यो महामारी बाजै बजाएर आएको थियो । चार महिना अगाडि चीनबाट सुरु भएको यो विपतको तयारी बेलैमा गर्नुपर्ने थियो । कुनै भाइरोलोजिष्टले भन्दापनि बढी जानकार र विज्ञता देखाउने प्रधानमन्त्री लेकिनतयारी गर्न नसक्नु भएको त ? समय घर्केपछि सरकारले रातारात ल्याएका औषधिर त्यसको परल मूल्यको विश्वसनीयता माथि प्रश्न उठ्दा सरकार जवाफन दिई जनआवाजलाई हेप्ने गर्दछ ।
महामहिम शासकहरु
वास्तवमा यस्ता अनेकन बेथितिहरुको पर्याय बनेको छ वर्तमान कम्युनिष्ट सरकार । अनि यो सरकारको लाचार छायाँ बनेका छन् जनताका नाममा सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्ड र मूकदर्शक बनेका छन् प्रतिपक्ष दल साथै अन्यदलका नेताहरु । उनीहरुलाई हामीले सम्मान गरिरहनु पर्ने, उनीहरुले भनेको मानिरहनु पर्ने, उनीहरुका घरपालुवा अरिंगालको टोकाई सहिरहनु पर्ने, उनीहरुलाई भोट दिइरहनु पर्ने, खबरदार कम्युनिष्ट शासकहरु, हामीलाई यो देशको नागरिक भएर पनि अनागरिक जस्तो व्यवहार गरिन्छ भने फेरि देशमा अर्को सुनामी आउनेछ । नेपाली जनता कोरोनाका सवालमा धेरै सचेत भइसकेका छन् । यहाँका उल्टा काम गराइ र निर्देशनले यहाँ आफैँ सुरक्षित रहन गाह्रो होला ।
महामहिम कम्युनिष्ट शासकहरु, यो लेख कुनै आग्रह र पूर्वाग्रहले निर्देशित भएर लेखिएको होइन । जो सँग बढी अपेक्षा राखिएको छ त्यसबाट केही नपाउँदाको गुनासो मात्रहो । यसलाई कुण्ठित मानसिकताको उपज नठान्नु होला । यो नेपाली जनताको आवाज हो ।
पौडेल सेन्ट जेभियर्स कलेज, काठमाडौँमा अध्यापन गर्नु हुन्छ ।
प्रतिक्रिया