मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसका कारण जारी लकडाउनका विषयमा सुरक्षाकर्मीले आफ्नो ध्यान केन्द्रित गरीरहेका बेला यो अवधिमा जबरजस्ती करणीका पाँच घटना भएका छन् । गत चैत ११ देखि बैशाख ८ गतेका बीचमा ४ नाबालिका र एक महिला बलात्कारको शिकारमा परेका हुन् ।
कपिलवस्तुका चार पालिकामा चार जरबजस्ती करणीका घटना भएका हुन् । पाँच घटनामा चार जना आरोपी पक्राउ परेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताउनुभयो । गत बैशाख १ गते कपिलवस्तु नगरपालिका–३ औरहियाका ५० बर्षीय रामदवन बेल्दार १७ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । नयाँ वर्षको दिन ललाईफकार्ई दिउँसो बेल्दारले ती नाबालिकालाई करणी गरेका थिए ।
गत चैत २१ गते साँझ ६ बजेको समयमा शिवराज नगरपालिका– १ का ३६ बर्षीय गणेश क्षेत्रीले २० बर्षीया महिलालाई करणी गरे । ती महिलाको परिवारको उजुरीका आधारमा क्षेत्रीलाई पक्राउ परेका थिए । चैत १३ गते मयादेबी गाउँपालिका– ४ गौराका २५ बर्षीया एजाज मुसलमानले १३ बर्षीया बालिकालाई बलात्कार गरे । राति १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा उनले नाबालिकालाई बलात्कार गरेका थिए । घटनापछि उनी फरार छन् ।
गत चैत १० गते शुद्धोदन गाउँपालिका–४ का एक १६ बर्षीय नाबालकले १४ वर्षिया नाबालिकालाई बलात्कार गरे । जबरजस्ती करणीको आरोप ती नाबालक प्रहरी हिरासतमा छन् । पाँच वटै जरबरजस्ती करणीको मुद्दा दर्ता भई अदालतबाट म्याद समेत लिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताउनुभयो । चालु आर्थिक वर्षको अहिले सम्म कुल २३ वटा जरबरजस्ती करणी को मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।
लकडाउनको अवधिमा समेत कपिलवस्तुमा ३ वटा आत्महत्याका घटना भएका छन् । २ झुण्डीएर र एक बिष सेवनाबाट आत्महत्या गरिएको प्रहरी रिपोर्टमा छ । चैत २० गते इलाका प्रहरी कार्यालय पिपरामा आफ्नै नाबालिका छोरीलाई बलात्कार गरको आरोपमा हिरासतमा रहेका बेला शौचालयमा झुण्डीएर आत्महत्या गरेका थिए ।
प्रतिक्रिया