९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी विकास कोषका सदस्य ज्ञवालीले दिए एम्बुलेन्स चालकलाई पिपिई सेट



मायादेवी अनलाइन, तौलिहवा ।
लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई गरी पाँच थान पिपिई सेट प्रदान गरेका छन् ।

३ एम्बुलेन्स चालक र २ स्वास्थ्यकर्मीलाई पिपिई सेट हस्तान्तरण गरेका हुन् । शुद्धोदन गाउँपालिका, मेरी स्टोप्स र तौलिहवा आँखा अस्पतालका एम्बुलेन्स चालकलाई तथा नेपाल परिवार नियोजन संघ र मेरी स्टोप्स सेन्टरका स्वास्थ्यकर्मीलाई एक एक पिपिई सेट प्रदान गरिएको हो ।

सेटसंगै ग्लोब्स र सेनिटाईजर समेत प्रदान गरेका थिए । कोरोना भाईरसको उच्च जोखिममा रहेका एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई सुरक्षित र ढुक्कसंगथ सेवा दिने वातावरण बनाउन आफुले उनीहरुलाई सो प्रदान गरको कोषका सदस्य ज्ञवालीले बताए ।

आफुले सामाजिक उत्तरदायित्व बहन गर्दै उनीहरुको सुरक्षालाई ध्यान दिई सेट प्रदान गरेको उनले बताए । केही दिनमा अन्य एम्बुलेन्स चालकलाई समेत पिपिई सेट प्रदान गर्नै उनले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ८ : १९ बजे