९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

धनकौलीमा खेतैभरी तरकारी, बेचविखनमा सहज बनाइदिन कृषकले गरे सांसद पन्थीसंग आग्रह



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु धनकौलीका किसानले यतिवेला खेतबारीमा प्रशस्त तरकारी उत्पादन गरेका छन् । जिल्लाको तरकारी पकेट एरियाको रुपमा परिचित धनकौलीका किसानले आफ्नो उत्पादन धेरै भएर बेच्नका लागि समस्या परेको बताएका छन् ।

जिल्लाको बुद्धभूमि नगरपालिका–१० का चेतरादेई, लहरौला, धनकौली, देवपुरा, धरमपुर, झलवा, भगवानपुर, हरहवा र पण्डितडिहवा गाउँका किसानले सयौं विगाहामा लगाएको तरकारीको उत्पादन शुरु भएपछि बिक्रीका लागि समस्या भएको हो । उनीहरुले तरकारी विक्रीका लागि सहज बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् ।

बुद्धभूमि–१० लहरौलाका कृष्ण मोहन केवटले आफ्नो २५ कट्ठा र लिजको ३० कट्ठामा तरकारी खेती गरेका छन् । केवटले करेला, लौका, बोडी, टमाटर, भेण्डी, भाण्टा, खुर्सानी, धनिया, मुला लगायतका तरकारी उत्पादन गरेका छन् ।

उनी जस्तै गाउँका सयौं किसानले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । ‘लकडाउन अघि उत्पादन भएको तरकारी वजारमा विक्री हुने गथ्र्यो, अहिले समस्या छ, १ क्वीन्टल तरकारी बेच्न पनि धौ धौ पर्दछ, उनले भने–“बजार नखुल्दा उत्पादन भएको तरकारी अडकलेर टिप्ने गरेको छु ।”

अर्का तिर केही छिमेकी स्थानीय तहले तरकारी विक्री गर्न जादा अवरोध समेत पु¥याउने गरेको गुनासो समेत पोखेका छन् । उत्पादन भएको तरकारी घर घरमा लैजानु पर्ने बाध्यता छ, त्यही पनि चिनेका मान्छेले मात्र किन्छन् ।

तरकारी नबिक्ने डरले केहीदिन अघि प्रदेश सांसद विष्णु पन्थीले सामाजिक संजाल मार्फत जिल्लामा उत्पादन भएका तरकारी के कस्तो छ भनेर अपिल समेत गर्नुभएको थियो । लामो समयको लकडाउनका कारण कृषि क्षेत्र प्रभावित हुने भन्दै प्रदेश सांसद विष्णु पन्थीले सामाजिक संजाल मार्फत अपिल गर्दै कृषकको समस्यामा ध्यान दिनुपर्ने माग राख्नु भएको छ ।

सांसद पन्थीले सामाजिक संजाल मार्फत धेरै कृषकहरुले फोन सम्पर्क गरेर उत्पादन भएको तरकारी विक्री नभएको, स्थानीय सरकारले अवरोध पु¥याएको र विक्री वितरणमा सहज बनाइदिन किसानको अनुरोध समेत आएको जानकारी दिनुभयो । लकडाउनका बेला जिल्लाको प्रारम्भिक सूचनाका आधारमा तरकारी उत्पादनमा बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिका तरकारी पकेट एरियाको रुपमा पहिचान भएको सांसद पन्थीले जानकारी दिनुभयो ।

बुद्धभूमि नगरपालिका–१० लहरौलाका कृषकले गरेको व्यवसायिक तरकारी खेतीको निरिक्षण गर्दै साच्चिकै लोभलाग्दो र सवै प्रकारको तरकारी उत्पादन गर्न सफल भएको देखेर आफु निकै खुशी भएको उहाँको बताउनुभयो । बुद्धभूमि नगरपालिका तरकारीमा आत्मनिर्भर भएकोले अन्य स्थानीय तहलाई समेत पु¥याउने गरी उत्पादन भएकाले लकडाउनका बेला कृषकलाई सहज बनाउनुपर्ने बताउनुभयो ।

बुटवल पब्लिक स्कुलका अध्यक्ष हेमलाल भुसालले किसानको बारीमै आएर ताजा तरकारी किन्दा अप्ठ्यारोमा परेका किसान उत्साहित हुने बताउनुभयो । उहाँले किसानबाट किनेको एक गाडी ताजा तरकारी गरिब दुखीलाई बाड्ने बताउदै जिल्लाकै कृषि उत्पादनलाई प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ८ : ०४ बजे