मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा सोमबारमात्र २८ जनाको कोरोनाको द्रुत परिक्षण गरिएको छ । सरकारले पछिल्लो समय कोरोना संक्रमितको आशंका लागेकालाई द्रुत परिक्षण गर्न थालेको छ । त्यसै अनुरुप कपिलवस्तुमा पनि परिक्षण सञ्चालन भैरहेको हो ।
सोमबारसम्म जिल्लामा ७ सय ६७ जनाको द्रुत परिक्षण (र्यापीड टेस्ट) भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । द्रुत परिक्षण गर्दा अझैसम्म जिल्लामा कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् ।
सोमबार साँझसम्म १० पालिकाले तयार गरेका एक हजार १२ क्वारेन्टाईन बेडमा ९ सय ९३ जना रहेकोमा ८ सय ७ जना डिस्चार्ज भैसकेका छन । अहिले १ सय ८६ जना क्वारेनटाइनमा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।
पहिलो चरणको राहत अन्तर्गत कपिलवस्तुका नौ पालिकाले १८ हजार ६९९ बिपन्न परिवारलाई राहत बितरण गरेका छन् । महराजगञ्जमा राहत वितरणमा दलिय विवाद हुँदा अझै वितरण हुन सकेको छैन् ।
प्रतिक्रिया