काठमाण्डौँ ।
पार्टी विभाजन गर्ने गरी पारित भएको अध्यादेशको सामाजिक संजालमा नेकपाकै नेताबाट चिर्को विरोध सुरु भएको छ । नेकपाका सांसद रामकुमारी झाँक्रीले दुश्वप्न देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हुने सामाजिक संजाल ट्विटरमार्फत बताउनु भएको छ ।
उहाँले राजनीतिमा विभाजन नभई एकता चाहिएको स्मरण बताउँदै भन्नुभएको छ, कमरेड कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन गर्ने दुश्वप्न देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो, “किनकि आज हामीलाई राजनीतिक एकता चाहिएको छ, विभाजन होइन ।”
सोमबारको मन्त्रिपरिषद्ले पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश जारी गरेपछि सांसद झाँक्रीले पार्टी विभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो नबाउने तर्क गर्नुभएको हो ।
उहाँले सामाजकि सञ्जाल ट्वीटरमार्फत् किन सरकारलाई कुबुद्धि आएको भन्दै प्रश्न पनि गर्नुभयो ?
सरकारले एकाएक ल्याएको अध्यादेशमा कुनै पनि राजनीतिक दल फुटाउन चाहेमा संसदीय दलमा ४० प्रतिशत सांसद भए नयाँ पार्टी दर्ता हुने प्रावधान रहेको छ । यसले पार्टी विभाजनमा सहज हुने बताइन्छ ।
यसअघि प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकता नदिएर बेमौसमी बाज बजाउनतिर लागेको आरोप लगाएका थिए ।
त्यस्तै, साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले कोरोना सङ्कटको चुनौतीपूर्ण घडीमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले किन आवश्यक ठान्यो भन्दै प्रश्न गरेका थिए ।
प्रतिक्रिया