९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतमा ५३ जना पत्रकारमा कोरोना पुष्टि



काठमाण्डौ । भारतमा कम्तीमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ ।

स्थानीय सञ्चारमाध्यम हफपोष्टले सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै यो सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेले हफपोस्टलाई बताए अनुसार १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

‘परीक्षणका लागि पठाइएको १ सय ६७ पत्रकारहरुको नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको छ’, उहाँले भन्नुभयो, ‘यो संख्या अझै बढ्न सक्छ ।’

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ७ : २६ बजे