९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पार्टी फुटाउने अध्यादेश ल्याउनुको कारण प्रस्ट्यानूः काँग्रेस



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह दिएको छ सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् ।

संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ । सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्नेमा जोड दिए ।

यस्तै काँग्रेसका संगठन विभाग प्रमुख गोपानमान श्रेष्ठले सरकारले अध्यादेश ल्याउनुको कारण प्रस्ट्यानु पर्ने बताए । उनले भने, यस्तो संकटका बेला सरकारले गर्नुपर्ने काम नगरेर किन उल्टो उल्टो काम गरिरहेको छ ? कुन पार्टी फुटाउन सरकारले यस्तो अध्यादेश ल्याउन हतारो गरे ? यसबारे सरकारले प्रस्ट्याउनुपर्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ६ : ४८ बजे