९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको शिवराजमा १४ वर्षिया बालिकामाथि पटक पटक बलात्कार, आरोपी फरार



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसका कारण सुरक्षाकर्मीले लकडाउनमा ध्यान केन्द्रित गरेका बेलामा कपिलवस्तुमा फेरी एक जना १४ बर्षीया बालिका बलात्कृत भएकी छिन् । घटना बैशाख ३ गतेको भए पनि गत वैशाख ६ गते मात्र सार्वजनिक भएको हो ।

शिवराज नगरपालिका वडा नं. ८ विसुनपुरकी १४ वर्षीया बालिकालाई छिमेकी युवाले जबरजस्ती बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको छ । लकडाउनको अवधिमा शिवराज नगरपालिकामा बलात्कारको यो दोश्रोे घटना हो ।

विसुनपुर कै वर्ष २२ को सागिर अलि शेष (पाँचु) भनिने व्यक्तिले बलात्कार गरेको बालिकाको परिवारले आरोप लगाएको छ । स्थानीय महिला रेहाना बानु शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लगी युवकबाट बलात्कार गराएको परिवारले आरोप लगाएको छ । पीडित बालिकाको आमा कामको शिलशिलामा बाहिर गएको अवस्थामा ओरापी शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लिएर गएकी थिईन् ।

कोठामा पहिलेबाट नै बसेका बलात्कारका आरोपी सागिर अलि (पाँचु) र बालिकालाई कोठामा राखिदिएर बन्द गरिदिएको बालिकाकी आमाले बताईन् । बालिकाको हजुर बुबाले नातिनीलाई घरमा बोलाउदाँ नआएको र खोज्दै जादाँ निज मतियारको घरमा बन्द कोठामा भेटिएको बताए । पीडित बालिकाको परिवारले शेष र रेहानाविरुद्ध गत बैशाख ६ गते जबरजस्तीकरणीको जाहेरी दिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

जाहेरी लगत्तै रेहानालाई पक्राउ गरिएको र अर्का आरोपी शेष भने फरार भएका छन । बालिकाले आफूमाथि ३ पटक जबरजस्ती करणी भएको बताएको परिवारले जनाएको छ । फरार भएको शेषको खाजी कार्य जारी रहेको प्रहरी निरीक्षक खरेलले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ५ : ५९ बजे