९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आइसोलेशनमा मृत्यु भएकी बेहनाको कोरोना रिपोर्ट नेगेटिभ



बाँके ।
शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ५ : ५२ बजे