९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लकडाउन उल्लङ्घन गरी नवाज पढेको आरोपमा पक्राउ परेका १४ जनालाई कागज गराई छाडियो



मायादेवी अनलाइन, तौलिहवा ।
लकडाउन उल्लङ्घन गरी सामुहिक नवाज पढेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका १४ जनालाई कागज गराई छाडिएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीको मस्जिदमा आइतवार सामुहिक नवाज पढ्ने १४ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लकडाउन उल्लंघन गरेका उनीहरूलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको थियो । अब आइन्दा लकडाउन उल्लङ्घन नगर्ने र घरमै नवाज पढ्ने लिखित गरे पछि उनीहरुलाई सोमबार बिहान परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए ।

सरकारले कोरोना भाइरस फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामुहिक प्रार्थना र पूजापाठ गर्न प्रतिबन्ध लगाएको छ । जिल्लामा रहेका १ सय १४ मस्जिद सहीत धार्मिक स्थलमा अनुगमन समेत गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

मस्जिद सहीत जिल्लाका सबै धार्मिकस्थल सुरक्षाकर्मीको निगरानीमा रहेको उनले बताए । जिल्लाका मुस्लिम अगुवाहरुले समेत शुक्रवार र अन्य दिनको नवाज घरमै पढ्न अपील गरेका छन । रौतहट पछि कपिलवस्तु दोश्रो मुस्लिम बाहुल्यता रहेको जिल्ला हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  १ : ४५ बजे