एजेन्सी ।
बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनिस ला लिगा पुनः सुचारु नभए बार्सिलोनालाई उपाधि दिन उचित भएको बताएका छन् ।
अहिले कोरोना भाइरसका कारण विश्वभर कुनै पनि खेलकुद जगतका क्रियाकलाप भने भएका छैनन् । जसले गर्दा युरोपियन क्षेत्रका ठूला प्रतियोगिता रोकिएका छन् । क्लबका मिडफिल्डर राकिटिकले यदि कोरोनाका कारण सिजन नै अन्त्य गर्नुपर्ने अवस्था आए बार्सिलोनाले लिगको टाइटल दिनुपर्ने बताए ।
“हामी सबै ला लिगा पुनः खेल्दै उपाधि जित्ने योजनामा छौं । यदि केही समयसम्म खेलहरू सुरु हुन सकेन भने सिजनको अन्त्य हुनेछ । त्यसैले बार्सिलोना लिगको शीर्ष स्थानमा भएका नाताले उसलाई उपाधि दिन योग्य ठान्छु,” राकिटिकले मुभिस्टारसँगको कुराकानीमा भने ।
राकिटिकले पछिल्लो समय बार्सिलोनाबाट धेरै खेल खेल्ने अवसर पाएका छैनन् । त्यसैले उनी बार्सिलोनामा आउने खेलहरूमा राम्रो स्थान नपाएसम्म क्लब छोड्ने मनसायमा छन् ।
प्रतिक्रिया