९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतमा पछिल्लो २४ घण्टामा १२ सय ५० संक्रमित, ३८ जनाको मृत्यु



एजेन्सी ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ । वर्ल्डोमीटरका अनुसार पछिल्लो २४ घण्टा मात्रै त्यहाँ १२ सय ५० संक्रमित थपिँदा ३८ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या १७ हजार ६ सय नाघेको छ ।त्यस्तै, त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५९ पुगेको छ ।

१४ हजार २ सयको उपचार जारी रहँदा भारतमा २ हजार ८ सय बढी संक्रमित निको भएका छन् ।त्यहाँ हालसम्म ४ लाख बढी व्यक्तिले कोरोना परीक्षण गरिसकेका छन् ।दक्षिण एसियाको अर्को बढी कोरोना प्रभावित पाकिस्तानमा पनि संक्रमितको संख्या बढिरहेको छ ।पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा ७१० संक्रमित थपिँदा २५ जनाले ज्यान गुमाए ।

त्यस्तै, श्रीलंकामा २७१, अफगानिस्तानमा ९९६, नेपालमा ३१, माल्दिभ्समा ५२ र भुटानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विश्वका २१० देशमा फैलिसकेको कोरोनाबाट सोमबार बिहानसम्म २४ लाख ६ हजार बढी संक्रमित भइसकेका छन् । जसध्ये १ लाख ६५ हजारले ज्यान गुमाउँदा ६ लाख २४ हजार व्यक्ति उपचारपछि घर फिर्ता भएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ८ : ०८ बजे