काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् ।
बालुवाटारमा करिब दुई घन्टासम्म भएको भेटमा प्रधानमन्त्री ओलीले सबैबाट आफूले आलोचनामात्र सहनुपर्ने भन्दै गुनासो गरेका थिए ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै निकट स्रोतले जानकारी दिएअनुसार उनले कर्मचारी पनि आफूबिरुद्ध लागेको भन्दै गुनासो गरेका थिए ।
नेपाललाई प्रधानमन्त्री ओलीले भने, ‘मलाई सबैले आलोचना गर्छन् । कर्मचारी पनि मेरा विरुद्ध लागेका छन् । नेताहरूले पनि सहयोग गर्दैनन् ।’
यसअघि प्रधानमन्त्री ओलीले शनिबार पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका थिए । दाहालसँगको भेटमा पनि प्रधानमन्त्री ओलीले गुनासैगुनासोमात्र सुनाएका थिए ।
प्रतिक्रिया