९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

व्यापार घाटा घट्यो, भन्सार राजस्व २ खर्बमा सीमित



काठमाडौं ।
चालू आर्थिक बर्षको नौ महिनामा व्यापार घाटामा ८.८८ प्रतिशतले कमी आएको छ । विश्वभर फैलिएको कोभिड १९ का कारण आयातमा कमी आएको र निर्यातमा केही वृद्धि हुँदा व्यापारघाटा कम हुन गएको हो ।

चैतसम्ममा नेपालमा हुने आयात ७.४५ प्रतिशतले घटेको छ । चालू आर्थिक बर्षको नौ महिनासम्ममा आयात ९ खर्ब ८२ अर्ब ५३ करोड बराबरको भएको छ । गत वर्ष यस्तो आयात १० खर्ब ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको भएको थियो ।

कोरोनाका कारण चीन र तेस्रो मुलुकबाट हुने आयातमा कमी आउँदा आयात ७।४५ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ ।

तर चालू आर्थिक बर्षको नौ महिनामा निर्यातमा भने १२.८८ प्रतिशतले निर्यात बढेको छ । गत आर्थिक बर्षका नौ महिनामा ६९ अर्ब ८२ करोड रुपैयाँ मात्र निर्यात भएकोमा चालू आर्थिक बर्षमा भने ७८ अर्ब ८१ करो रुपैयाँ बराबरको सामान नेपालबाट निर्यात भएको छ ।

यस्तै भन्सार विभागले चैतसम्ममा भन्सार राजस्व २ खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँ उठेको छ ।

-नेपाल समयबाट

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  ८ : १९ बजे