काठमाडौं ।
साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई सह-प्रवक्ता नियुक्त गरेको छ । उनले गत तीन वर्षदेखि प्रवक्ताको जिम्मेवारी निभाउँदै आएका डा सूर्यराज आचार्यलाई सहयोग गर्ने साझा पार्टीले जनाएको छ । नीति विभागको प्रमुखका रूपमा आचार्यले पार्टीको नीतिपत्रहरूको निर्माणमा ध्यान केन्द्रीत गर्ने जनाइएको छ ।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। उनी गत संघीय निर्वाचनमा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया