एजेन्सी ।
संयुक्त राष्ट्रसंघको युद्धविरामको योजना रोक्ने प्रयासमा अमेरिका र रुस लागि परेका छन् ।
अमेरिकमा र रुस दुवै राष्ट्रसंघ सुरक्षा परिषदका सदस्य हुन् ।
एक महिना अगाडि मात्र राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरस ‘कोभिड १९’को प्रकोप नियन्त्रण गर्न सबै देश एक हुनुपर्ने बताउँदै युद्धग्रस्त क्षेत्रमा युद्धविराम गरिनुपर्ने बताएका थिए ।
अमेरिकी समर्थक राष्ट्र बेलायत, फ्रान्स, जर्मनीजस्ता मुलुकले पनि गुटेरेसको भनाइमा सहमति जनाएका छन्।
यद्यपी अमेरिका र रुस यस योजनाले खुशी छैनन् । ह्वाइट हाउस, पेन्टागन, अमेरिकी राज्य विभागबाट यस विषयमा असन्तुष्टी व्यक्त भएको छ ।
अमेरिकाले इराकमा आफ्ना सेनाहरु तैनाथ गरेको छ । अमेरिकी सेनाले त्यहाँ आइएस समूहविरुद्ध कारवाही गरिरहेका छन् ।
यस्तै रुसका राष्ट्रपति भ्लादमिर पुटिनले आफ्ना सेनाहरु सिरियामा खटाएका छन् । सिरियाली सरकारलाई सहयोग गर्न र विद्रोहीमाथि कारवाही गर्न रुसी सेनाले त्यहाँ सहयोग गर्दै आएको छ ।
विश्वव्यापी रुपमा युद्धविराम भए रुस र अमेरिका दुवैैले थालेको र ठानेको आतंकवादविरुद्धको प्रयत्नमा बाधा पुग्नेछ । विश्लेषकहरुका अनुसार अमेरिका र रुस आफ्नो काममा बाधा नपुगोस् भन्ने चाहन्छन् ।
यस्तै आफ्नो प्रयास सीमित हुने डरका कारण पनि रुस र अमेरिकाले राष्ट्रसंघको योजना नमान्ने बताइएको छ ।
गत जनवरीमा अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीलाई आतंकवादीको संज्ञा दिँदै ड्रोन आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । त्यसबेला आइएसका नेता अल बगदादीको पनि अमेरिकी आक्रमणमा मृत्यु भएको बताउँदै ट्रम्पले अमेरिका इतिहासमै शक्तिशाली बनेको बताएका थिए ।
उनले अमेरिकाले अत्याधुनिक हतियारहरुमा ठूलो लगानी गरेको दाबी गरेका थिए । आतंकवादीलाई परास्त गरेरै छाड्ने ट्रम्पको भनाइ छ । द गार्जिएन
प्रतिक्रिया