९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा अहिलेसम्म कसैमा कोरोना संक्रमण पाइएन, ७ सय ५५ जनामा द्रुत परिक्षण



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा आइतबार १६ जनामा कोरोनाको द्रुत परिक्षण गरिएको छ । केही दिनदेखि जिल्लाभर सञ्चालन भएको यो परिक्षण अहिलेसम्म ७ सय ५५ जनामा गरिएको छ । अहिलेसम्म यो परिक्षणका क्रममा कसैमा पनि कोरोना भाइरसको संक्रमण पाइएको छैन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार आइतबार साँझसम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेन्टाइन बेडमा ९ सय ५८ जना रहेकोमा ८ सय ४ जना डिस्चार्ज भएका छन् ।

अहिले क्वारेनटाइमा बस्नेहरु जिल्लाभर १ सय ५४ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।

साथै जिल्लाका ९ स्थानीय तहले पहिलो चरण अन्तर्गत १५ हजार ९ सय ७७ बिपन्न परिवारलाई राहत बितरण गरेका छन् । महाराजगंज नगरपालिकामा सर्वदलीय संयन्त्रको आधारमा राहत बितरण गर्ने भनिए पछि अझसम्म बिपन्न परिवारका नामावली समेत टुंगो लाग्न सकेको छैन ।

गत चैत ७ गते वडा नम्बर ७ कुशहवामा तालाबन्दी गरिए पछि राहत बितरण रोकिएको छ । बारम्बार वार्ता भएपनि कुनै निष्कर्षमा पुग्न नसक्दा राहत वितरणमा ढिलाई भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  ६ : ०० बजे