९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वाणगंगाबाट झण्डै साढे दुई सय पैदलयात्रीलाई सवारी मार्फत पश्चिम पठाइयो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट झण्डै साढे दुई सय पैदलयात्रीलाई पश्चिम पठाइएको छ । पूर्वबाट घर तर्फ पैदलयात्रा हुँदै हिडेका यी पैदलयात्रुलाई पश्चिम पठाइएको हो ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेको छ । यो बेला बाँच्न गाह्रो भएको भन्दै देशका विभिन्न शहरमा काम गर्ने मजदुरहरु घर तर्फ फर्किरहेका छन् ।

राजधानी काठमाडौं लगायतबाट पैदलयात्रा हुँदै वाणगंगा आएका झण्डै साढे दुई सय पैदलयात्रुलाई सवारीको प्रयोग गरेर शिवराज नगरपालिकाको बनकसिया पठाइएको वाणगंगाका नगर प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

नगरपालिकाले नगरभित्र पैदलयात्रा हुँदै आएको मजदुरलाई जिल्ला कटाएर सहयोग गर्ने उद्धेश्य अनुरुप उनीहरुलाई जिल्ला कटाएको नगर प्रवक्ता पौडेलले बताउनुभयो । वाणगंगाबाट मजदुरहरुलाई बनकसीया लगेर छाडिएको उहाँले बताउनुभयो ।

पैदलयात्रामा हिडेकाहरु दाङ, बाँके, बार्दिया, कैलाली र जुम्लासम्मका रहेको उहाँले बताउनुभयो ।
यता वडा नं. ७ का विष्णु गिरी लगायतको सहयोगमा आइतबार विहान ३६ पैदलयात्रुलाई भालुवाङ लगेर छाडिएको थियो ।

पिकअप सवारी रिर्जव गरेर ती पैदलयात्रुलाई भालुवाङसम्म लगेर छाडिएको वडाध्यक्ष गिरीले बताउनुभयो ।

Image may contain: one or more people, tree, outdoor and nature

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  ५ : ०४ बजे