९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

लकडाउनमा प्रदेश ५ मा ३० जनाद्धारा आत्महत्या, पाल्पा र बाँकेमा शुन्य



रुपन्देही ।

कोरोना महामारीको बेलामा भएको लक डाउनको अवधिभर प्रदेश ५ मा आत्महत्याका घटना बढेका छन् । प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत्महत्या गरेका छन् ।

नवलपरासीमा तीन, अर्घाखाँची र रुकुममा दुईदुई तथा गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा एकए जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । पाल्पा र बाँकेमा एक जनाले पनि आत्म हत्या नगरेको प्रहरीले जनाएको छ ।

बन्दाबन्दीमा एउटा यौन दुव्र्यवहारकोसम्बन्धी मुद्दा पनि दर्ता भएको छ । सो अवधिमा अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एकएक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  १ : ४० बजे