९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

भारतमा कोरोना संक्रमित १५ हजार बढी, ५०७ को मृत्यु



एजेन्सी ।
भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएपछि भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५०७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यस्तै कुल संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म भारतमा कुल १५ हजार २०५ रहेको छ । यसमध्ये २२ सय ३० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  १० : १३ बजे