९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

विपत्तिमा सञ्चारकर्मीहरुले खेलेको भूमिका सकारात्मकः प्रेस संगठन



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणले सम्पूर्ण देशहरु आक्रान्त बनेका छन् । यसै बीच शनिवार प्रेस संगठन नेपाल जिल्ला संगठन कपिलवस्तुले एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरससँग लड्डा लड्दै जीवन गुमाउने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपचारको क्रममा रहेका सम्पूर्ण संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणले विश्वका सम्पूर्ण देशहरु आक्रान्त बनेका छन् ।

यस भाइरसले नेपाललाई पनि निकै मारमा पारेको छ । प्रदेश नं. ५ तथा कपिलबस्तु जिल्लामा हालसम्म त्यसको संक्रमित नभएता पनि हाम्रो जिल्ला भारतसंगको खुला नाका जोडिएको कारणले झन बढी उच्च जोखिम रहेको पनि यसै विज्ञप्ती मार्फत जानकारी गराउँछाँै विज्ञप्तीमा भनिएको छ ।

यस्तो कठिन परिस्थितीमा पनि पत्रकारहरुले जनतासम्म र जनताका समस्या सरकार एवं सरोकारवाला निकायसम्म पु¥याउन, सही तथ्य सूचना सम्प्रेषण गरी यो महामारी विरुद्धको लडाईमा एक ढिक्का भएर प्रदेशभरीमा सञ्चारकर्मीहरुले खेलेको भूमिका निकै सकारात्मक रहेको निष्कर्ष निकालिएको छ ।

साथै जनतालाई सही सूचना सम्प्रेषण गर्ने श्रमजीवी पत्रकारहरुको पक्षमा संगठन रहेको जानकारी गराउँदै पत्रकारहरुलाई समस्या परेमा त्यसको समाधान गर्ने प्रतिवद्धता जाहेर गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

लकडाउनमा बसौँ र बसालौं, सामाजिक दुरी कायम गरौँ, सत्य र तथ्य समाचार जनतालाई सूसूचित गर्दै जिल्लालाई कोरोनामुक्त जिल्ला निर्माणमा जुध्न सबैलाई अपिल गर्दछौ, प्रेस संगठनका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डे, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज मनिष काकी, जिल्ला संयोजक डिलाराम भुसाल, सह संयोजक हरि अधिकारीद्धारा संयुक्त जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  ८ : २८ बजे