९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

अमेरिकामा लक डाउनको विरोधमा प्रदर्शन




एजेन्सी ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन र साथ पाएका प्रदर्शनकारीहरुले अमेरिकामा लकडाउनको विरोध गर्दै प्रदर्शन जारी राखेका छन् ।टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौँको संख्यामा जम्मा भएर प्रदर्शनकारीले राज्यमा जारी लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

अमेरिकाका अधिकांश क्षेत्रमा कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि लकडाउन लागु गरिएको छ । तर अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन हुँदै आएका छन् ।ट्रम्पले यस्ता प्रदर्शनकारीको समर्थनमा बोल्ने गरेका छन् । विशेष गरी डेमोक्र्याटिक पार्टीका गभर्नर रहेका राज्यलाई लक्षित गरेर ट्रम्पले प्रदर्शनकारीले समर्थन गर्दै आएका हुन् ।

स्वास्थ्य अधिकारीले अहिले नै लकडाउन खुकुलो पार्दा वा खोल्दा संक्रमण फैलिने जोखिम रहने भन्दै चेतावनी दिएका छन् । तर ट्रम्प प्रशासनले भने लकडाउन खोल्ने तयारी गरिरहेको छ । अमेरिकामा अहिले सामाजिक तथा भौतिक दूरी कामय गर्नु पर्ने नियम छ । तर प्रदर्शनकारीले त्यसको उल्लंघन गरिरहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  ६ : ४६ बजे