एजेन्सी । अमेरिका र क्यानडाबिचको सीमा थप एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले शनिबार सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने बताएका हुन् । गएको महिनादेखि सीमा क्षेत्र बन्द गरिएको छ ।
अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा बाहेकलाई सीमा क्षेत्रबाट प्रवेश दिइएको छैन । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाजहरु भने रोकिएको छैन ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने र संक्रमण फैलिन नदिने प्रयास स्वरुप सीमा बन्द गरिएको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आन्तरिक तथा बाह्य यात्रा प्रतिबन्ध जुन ३० सम्म लम्ब्याउने घोषणा गरेपछि क्यानडाले पनि सीमा बन्द गर्ने बताएको हो ।
अमेरिकाले देश बाहिर सैनिकको तैनाथी तथा बाहिर तैनाथ भएकाहरुलाई स्वदेश फिर्तामा जुन ३० सम्म प्रतिबन्ध लगाएको छ । क्षेत्री प्रतिबन्ध भने मे को मध्यमा अन्त्य हुने बताइएको छ ।
प्रतिक्रिया